काठमाडौं – गैरआवासीय नेपाली संघले गैरआवासीय नेपाली संघको हलमा राष्ट्रीय आविष्कार केन्द्रलाई १२ लाख सतासी हजार पाँचसय ८० रुपैयाँ ४७ पैसा हस्तान्तण गरेको छ। गैरआवसीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्यले राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुनलाई उक्त रकम बराबरको चेक हस्तान्तण गरेका हुन् ।
कार्यक्रममा बोल्दै महावीर पुनले एनआरएनएले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेकोमा आभार प्रकट गरे। विदेशबाट ९२ देखि ९४ प्रतिशत सामान नेपालमा आयात हुँदा धेरै रकम विदेशमा जाने भएकाले त्यसको ५ प्रतिशत नेपालमा उत्पादन गर्न सके देशको व्यापार घाटा कम हुने , देशको राजस्व वृद्धि हुने र रोजगारीको सृजना हुने बताए ।
त्यस्तै राष्ट्रिय आविष्कार केन्द्र कुनै एक क्षेत्रमा मात्र नभई पालिका, प्रदेशमा खोलिनुपर्ने जोड दिए ।त्यस्तै गैरआवासीय नेपाली संघले पनि आविस्कार केन्द्रको स्थापना गरी नयाँ प्रतिभावान व्यक्तिहरूलाई प्लाटफर्म दिन सक्ने उनले थपे।
मन्तव्यको क्रममा एनआरएनएका कार्यकारी अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपाली संघले कमिटमेन्ट गरेको रकम हस्तान्तरण गर्न पाउँदा सिंगो गैरआवासीय नेपाली खुसी भएको बताए।
त्यस्तै विदेशमा सिकेको ज्ञान ,सीप र लागानी नेपालमा हस्तान्तण गर्न राष्ट्रिय आविष्कार केन्द्र जस्ता ठाउँहरू उपयुक्त रहेको उनको ठहर छ त्यस्तै एनआरएनएले पवित्र मन बोकेको राष्ट्रिय आविष्कार केन्द्र लाई हरदम सहयोग गर्न तयार भएको बताए। सो रकम हस्तान्तरण कार्यक्रमको सञ्चालन एनआरएनए युरोप संयोजक चिन्तामणी सापकोटाले गरेका थिए।
प्रतिक्रिया