देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आज जुन २१ तारिख, वर्षकै सबैभन्दा लामो दिन !

देशान्तर

काठमाडौं – जुन २१ तारिखलाई ग्रीष्मकालीन संक्रान्तिका रूपमा लिइन्छ । आजको दिन उत्तरी गोलार्धमा वर्षको सबैभन्दा लामो दिन हो। यस्तै सबैभन्दा छोटो रात पनि आजै मानिन्छ । नेपालमा सूर्योदय र सूर्यास्तबीचको समयअनुसार आजको दिन १३ घण्टा ४५ मिनेटको हुने जनाइएको छ ।

सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको ढल्काइका आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले २१ जुनमा दिन वर्षकै लामो हुने वैज्ञानिकहरू बताउँछन्। जुन २२ तारिखदेखि भने बिस्तारै दिन छोटो र रात लामो हुँदै जाने हुन्छ।