काठमाडौं । स्थानीय तहको निर्वाचनपछि एमाले, माओवादी केन्द्रसहितका केही नेताहरूवाम एकताको नारा दिएर अहिलेको सत्ता गठबन्धन टुटाउन सक्रिय भएका छन् । खासगरी एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो विश्वासपात्र शंकर पोखरेल, प्रदीप ज्ञवालीसहितका नेताहरूलाई सक्रिय बनाएका छन् अहिलेको गठबन्धन कायम हुँदा आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा धुलिसात हुने निश्चित भएपछि ओली बाहिर वाम एकताको विरोध गरे जस्तो गर्दै भित्रभित्रै माओवादी केन्द्र र एमालेबाट अलग भएर गठन भएको नेकपा एकीकृत समाजवादीका नेताहरूलाई प्रलोभनमा पार्ने प्रयास गरेका छन् । त्यही लोभमा झलनाथ खनाल परेका छन् भने नारायणकाजी श्रेष्ठ पनि राष्ट्रवादको नारा दिएर एमालेसँग नजिक हुने प्रयासमा जुटेका छन् ।
अहिलेका अर्थमन्त्री जनार्दन शर्मासँग रुष्ट र चीनसँग निकट रहेको भनिएका वर्षमान पुनमार्फत वाम एकताको गीतलाई एमाले तीव्र बनाएको छ । आफ्नै जिल्लामा चुनाव जित्ने अवस्था नभएपछि एमालेसँग मिल्ने उपाय खोज्न बाबुराम भट्टराई पार्टी विभाजन गर्ने कि गठबन्धनबाट बाहिरिने भन्ने दोधारमा परेका छन् । जहाँ गयो त्यहाँ बनाउनेभन्दा भत्काउन सक्रिय भट्टराई जनता समाजवादी पार्टी फेरि भत्काउन लागिपरेका छन् । तर, सत्ता गठबन्धनमा रहेका पाँच दलका शीर्ष नेताहरू कम्तीमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्म यसलाई निरन्तरता दिने पक्षमा देखिएका छन् । त्यसपछि पनि मिलेरै अघि बढ्नु पर्छ भन्नेमा सबै दलका शीर्ष नेताहरू एक देखिएका छन् ।
तर, पार्टीको निर्णय तहमा खासै भूमिका नभएका नेताहरू भने अहिलेको गठबन्धन विपक्षमा देखिएका छन् । जुन सरकारको नेतृत्व गरेको कांग्रेस देखि अन्य चार दलसम्म देखिन्छ । जानकारहरू भने निर्णय तहमा प्रभाव पार्न नसक्ने नेताहरूको चाहना र सक्रियको कुनै अर्थ नरहेको दाबी गर्दछन् । नारायणकाजी श्रेष्ठसहितका नेताहरूको सक्रियताको अर्थ बाँदरको पुच्छरको जस्तो मात्र भएको दाबी गर्दछन् । बाँदरको पुच्छर न टेक्न काम लाग्छ न त लाज छोप्न नै अहिले वाम एकता र तालमेलको कुनै गुञ्जायस र सम्भावना नरहेको ती नेताको दाबी छ ।
निर्वाचनमा पार्टी पराजित भइसक्दा त केपी ओली अझै त्यसलाई स्विकार गर्नुको साटो पार्टीभित्रका नेताहरूलाई आरोपित गरिरहेका बेलामा वाम एकताका नाममा ओली र एमालेसँग मिल्न जाने कुनै सम्भावना नरहेको पनि पुष्पकमल दाहाल र माधवकुमार नेपाल निकट नेताहरूको बुझाइ छ । झलनाथ खनाल वा नारायणकाजी श्रेष्ठनाममा पार्टी सती नजाने भन्दै ती नेताले थपे,‘ओली अहंकारलाई बल पु¥याउन त्यहाँ सहभागी भएर दाहाल र नेपाल पातल भासिने पक्षमा र त्यो बाटोमा भएजस्तो लाग्दैन ।’ यद्यपि एकता अघि श्रेष्ठ ओली निवास पुगेर दुई घण्टा बिताएका थिए । उपप्रधानसहित सरकारमा सहभागी हुने चाहना पूरा नहुँदा श्रेष्ठ अहिले दाहालसँग ठुस्स परेका छन् ।
प्रतिक्रिया