काठमाडौं – सरकारले जेष्ठ ३१ गते दोश्रो पटक पुनः गैरकानुनी निर्णय गरेको भन्दै नेपाल रेडक्रस सोसाइटीले जनाएको छ । विवादास्पद छविका व्यक्तिलाई राखेर प्रा सुदर्शनप्रसाद नेपालको संयोजकत्वमा तदर्थ समिति गठन गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको समितिले जनाएको छ ।
कथित रेडक्रसकर्मी तथा स्वार्थ समूहलाई संरक्षण गर्दै तदर्थ समितिमा समावेश गर्नु र सम्मानित सर्वोच्च अदालतको अन्तरिम आदेशविपरित तदर्थ समितिमाथि तदर्थ समिति बनाउने कार्य अत्यन्तै खेदजनक तथा भत्र्सनायोग्य रहेको समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
रेडक्रसकर्मीका नाममा केही कथित रेडक्रस कर्मी र तिनिहरूबाट रेडक्रसको अग्रगमनमा भएको अवरोधको सन्दर्भमा जानकारी गराउनु उचित ठानेको पनि समितिले दाबी गरेको छ ।
प्रतिक्रिया