चितवन। पहिराे खसेर बन्द भएकाे पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । वर्षासँगै चितवनको इच्छाकामना गाउँपालिका–४ काे घोप्टेभिर र ठाडेखोलामा गए राति ११ बजे पहिरो खस्दा राजमार्ग दुईतर्फी नै बन्द भएकाे थियो ।
पहिरो हटाएर आज शनिवार बिहान साढे २ बजेदेखि राजमार्ग दुईतर्फीरूपमा पुनः सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
सङ्घीय राजधानी काठमाण्डाै जोड्ने मुख्य राजमार्ग पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन र कुरिनटारको बीचमा पर्ने घोप्टेभिरमा वर्षासँगै पटक–पटक पहिरो खस्दा सडक बन्द हुँदै आएको छ ।
प्रतिक्रिया