काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसद योगेश भट्टराईले (हिजो) बिहीबार परेको अविरल वर्षाका कारण ताप्लेजुङको सिरिजंगा गाउँपालिका वडा नं–७ खेवाङमा गएको पहिरामा परी घाइते भएकालाई उद्धार गरी राहत प्रदान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय माग गर्दै उनले पहिराले घर बगाउँदा तुलसा अधिकारी र यशोदा अधिकारीको निधन भएको र विष्णु अधिकारीको आज बिहान हेलिकप्टरबाट उद्धार गरी कोसी अस्पतालमा उपचार भइरहेको जानकारी सुचना मार्फत जनाइएको छ ।
उहाँनले घाइतेको सम्पूर्ण उपचारको प्रबन्ध गर्न सरकारसँग माग गर्नुभएको छ । सांसद भट्टराईले ताप्लेजुङमा बाढी पहिराको प्रकोपले जनजीवन कष्टकर र त्रसित बनाएको हुँदा पीडितको राहत तथा उद्धारका साथै काजकिरियाका लागि आवश्यक सहयोग र उपचारका लागि व्यवस्था गर्नसमेत सरकारसँग माग गरेका छन् । पहिराका कारण विद्युत्, टेलिफोन र यातायात समेत अवरुद्ध भएको हुँदा सेवा सञ्चालन गर्नमा सरकारले ध्यान दिनुपर्ने उहाँले आग्रह समेत गर्नुभएको छ ।
सांसद एकवाल मियाले बारा जिल्लामा नेकपा माओवादीका चित्रबहादुर क्षेत्रीको हत्याको कारण पत्ता लगाउन उच्चस्तरीय छानबिन आयोग गठन गरी सत्यतथ्य पत्ता लगाउन आग्रह गरेका छन् । उहाँले घटना हेर्दा व्यक्तिगत मनमुटावका कारण भएको जस्तो देखिएको हुनाले सत्य तथ्य पत्ता लगाई ३८ वर्षीय क्षेत्रीको हत्यामा संलग्न दोषीलाई कारवाही गर्न माग गरेका छन् ।
निजको हत्या घरभन्दा ५०/ १०० मिटरमा मात्र भए पनि हत्या गरेर परिवारलाई जानकारी नगराई अस्पतालमा लगेर मृत घोषणा गरिएकोप्रति थप शंका उत्पन्न भएको र हत्यामा संलग्नको आशंकामा १४ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ ।
सांसद प्रेम सुवालले भक्तपुरका भूकम्पपीडितलाई पहिलो किस्ताको रकम दिएर दोस्रो र तेस्रो किस्ता नदिएकोप्रति अर्थमन्त्रीको ध्यानाकर्षण गराउँदै तत्काल उपलब्ध गराउन माग गरेका छन् । उहाँले हनुमन्ते खोलाको दायाँबायाँका डुबान पीडितलाई क्षतिपूर्ति दिन आग्रह गर्नुभएको छ ।
सांसद कृष्णभक्त पोखरेलले महिलाविरुद्ध हुने हिंसाका विषयमा संविधान र कानुनमा व्यवस्था भएतापनि यौनहिंसाका घटना बढ्दै गएकोप्रति सरकारले गम्भिर विषयप्रति ध्यानाकर्षण हुन जरुरी रहेको समेत उहाँले स्पस्ट पार्नुभएको छ ।
प्रतिक्रिया