काठमाडौं – नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)मा गठबन्धन सरकारले आफ्नो सरकारको अपराध लुकाउन खोजेको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘एसपिपीमा सत्ता पक्षले नक्कली कुरा गरिरहेका छन्। यो गम्भीर विषय हो। अमेरिकी प्रस्ताव एसपिपी गलत ढंगले सम्प्रेषण भएको छ। सम्पूर्ण रुपमा तथ्य विपरित गठबन्धनले आफ्नो अपराध लुकाउन खोज्यो। अमेरिकीहरुको प्रस्ताव आएको बेलामा २०१५ र २०१७ मा सरकारले सकारात्मक ढंगले जवाफ पठाइएको थियो। त्यो बेलामा प्रधानमन्त्री र रक्षामन्त्री कोको थिएरु’
गठबन्धनको नेताहरु झुट कुरा बोलिरहेको दाबी गरे। एमालेप्रति आक्षेप लगाएर गठबन्धन आफू जोगिन खोजेको बताए।
उनले भने, ‘०१५ मा सुशिल कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो। २०१७ मा शेरबहादुर देउवाजी हुनुहुन्थ्यो। त्यसबेलमा सकारात्मक जवाफ उहाँहरुले दिनुभएको हो।’
केपी ओलीको पालामा प्रस्ताव आएको बेलामा अध्ययन कार्यदल गठन गरेर अध्ययन गरेको बताए। कार्यदलले असंलग्न पराराष्ट्र नीतिविपरीत हुन्छ भनेर भनेर सुझाव दिएपछि होल्डमा रहेको बताए।
उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली नेतृत्वको सरकारले अगाडि बढाएको आरोपको पुष्टि गर्न चुनौती दिए।
उनले भने, ‘म चुनौती दिँदै भन्न चाहन्छु। गठबन्धनका नेताले भन्नुभएको छ। ओली नेतृत्वको सरकारले कुनै सकारात्मक कुरा गरेको भए त्यसको हामी जिम्मेवारी लिन्छौँ। त्यो प्रमाण संसद समक्ष प्रस्तुत गरियोस्। त्यस बेलामा म उपप्रधानसहित रक्षा मन्त्री थिए।
प्रतिक्रिया