काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह ‘बालेन’ दोस्रो पटक सिसडोलमा पुगेका छन् ।
लामो समयदेखि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या भइरहेपछि मेयर शाह र उपमेयर सुनिता डंगोल सिसडोल पुगेका हुन् ।
शाहले सिसडोल पुगेर त्यहाँका स्थानीयसँग छलफल गरेका थिए । स्थानीयले आफ्नो समस्याका बारेमा मेयर शाहलाई अवगत गराएका थिए ।
काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखेका मेयर शाहले बिहीबार साँझ मात्र सहरी विकास मन्त्री रामकुमारी झाँक्रीसँग परामर्श गरेका थिए ।
मन्त्री झाँक्री तथा मेयर शाह र उपमेयर डंगोलले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा मन्त्रालयर काठमाडौं महानगरपालिकाबीच सहकार्य गरेर समस्याको समाधान गर्ने विषयमा छलफल गरेका थिए ।
प्रतिक्रिया