गत आइतबार मुस्ताङमा तारा एयरको विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव आज आफन्तलाई बुझाइने भएको छ ।
दुर्घटनामा निधन भएका २२ जनाकै शव पोस्टमार्टम लागि शिक्षण अस्पतालमा राखिएकोमा पोष्टमार्टमको काम सकिएकाले शव बिहीबार आफन्तलाई बुझाउन लागिएको हो ।
पोखराबाट मुस्ताङको जोमसोम जान उडेको तारा एयरको नाइनएनएईटी ट्विनअटर विमान मुस्ताङको थासाङ गाउँपालिका–२ को सानुसरे पहाडमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा चालक दलका तीन सदस्यसहित १३ जना नेपाली र ४ भारतीय र ३ जर्मनी नागरिकको निधन भएको थियो ।
प्रतिक्रिया