देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जेठ ३ गते संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस

देशान्तर

काठमाडौं – सरकारले जेठ ३ गते स‌ंघीय संसदको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले जेठ ३ गते दिउँसो ४ बजे बैठक बस्ने गरी संघीय संसदको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसदको अधिवेशन आह्वान गर्ने कानुनी व्यवस्था छ ।संविधान अनुसार जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट संसदमा सार्वजनिक गर्नुपर्छ ।

त्यसअघि बजेटपूर्वको छलफल र नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन छ ।
सरकारका अनुसार जेठ ३ गते अर्थमन्त्री जनादर्न शर्माले बजेटको प्राथमिकताका विषय सदनसमक्ष पेश गर्नेछन् ।

त्यसपछि जेठ ४ गते प्रिबजेट छलफल हुनेछ र अर्थमन्त्रीले जवाफ दिएपछि जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी रहेको एक मन्त्रीले बताए ।