काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जेठ २ गते नेपाल भ्रमणमा आउने भएका छन् ।
उनी जेठ २ गते परेको बुद्ध जयन्तीको अवसर पारेर नेपाल आउन लागेको जनाइएको छ ।
मोदी १६ मेमा बुद्ध जयन्तीको अवसर पारेर नेपाल आउने तयारीमा रहेको भारतीय पत्रिका ‘द हिन्दू’ले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेको छ । यता, नेपालको परराष्ट्र मन्त्रालयले कुनै औपचारिक टिप्पणी भने गरेको छैन ।
नेपालले २ जेठमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी मोदीबीच लुम्बिनीमा भेट हुने बुझिएको छ ।
प्रधानमन्त्री देउवाले एक महिनाअघि मात्र भारतको भ्रमण गरेका थिए । सन् २०१९ मा प्रधानमन्त्रीमा पुनर्निर्वाचित भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण हुनेछ । मोदी नेपाल भ्रमण पछि जापानको भ्रमणमा जाने पनि बताइएको छ ।
फाइल तस्वीर
प्रतिक्रिया