देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मत माग्दै बिप्लवले गरे यस्ताे अपिल

देशान्तर

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आफ्नो पार्टीको समर्थनप्राप्त स्वतन्त्र उम्मेदवारहरूलाई मतदान गर्न आह्वान गरेका छन् ।

आज एक अपिल सार्वजनिक गर्दै उनले ‘देशभक्त एवं जनवादी स्वतन्त्र उम्मेदवारहरुलाई मतदान गर्न’ अपिल गरेका हुन् ।

सार्वजनिक भएको अपिलमा नेकपाले स्थानीय चुनावमा एमसीसी एवं राष्ट्रघातविरोधी देशभक्त, जनवादी प्रतिनिधिहरूलाई सहभागी गराउने र सहयोग गर्ने नीति र निर्णय पारित गरेको उल्लेख गरेको छ ।

अपिल

वेशभक्त एवं जनवादी स्वतन्त्र उम्मेदवारहरुलाई मतदान गर्न नेकपाको अपिल आदरणीय जनसमुदाय हाम्रो जनप्रिय एवं गौरवशाली पार्टी नेपाल कम्युनिष्ट पार्टीले हाले हुन गइरहेको स्थानीय चुनावमा एमसीसी एवं राष्ट्रघात विरोधी देशभक्त जनवादी प्रतिनिधिहरुलाई सहभागी गराउने र सहयोग गर्ने नीति र निर्णय पारित गरेको छ ।

यही नीति अनुसार २०७९ बैसाख ३० गते हुने चुनावमा पतली चुनाव चिन्ह लिएर उम्मेदवार हुन भएका साथै अन्य कैयो स्थानमा अन्य चिन्ह जस्तोकि लठ्ठी, हाँस, धरहरा आदि लिएर उठेका देशभक्त जनवादी स्वतन्त्र उम्मेदवारहरुलाई सहयोग र समर्थन गर्ने नीति लिएको जानकारी गराउदछौ 1 स्पष्ट छकि दलाल पूजीवादी एवं संसदीय सत्ता र व्यवस्थाभित्रका कुनै पनि इकाई र तहबाट राष्ट्र र जनताका पक्षमा आमूल परिवर्तन गर्न संभव छैन । देशको स्वाधीनता एवं जनताको पूर्ण अधिकारका लागि वैज्ञानिक समाजवादी सत्ता अपरिहार्य छ परन्तु यो स्थानीय चुनावलाई हाम्रो पार्टीले राष्ट्र र जनताका पक्षमा संघर्ष गर्ने कार्यनीतिक मोर्चाका रुपमा ग्रहण गरेको छ ।

खासगरी देशमा राष्ट्रघाती एमसीसी संझौता लादिएपछि साथै चरम भ्रष्टाचार र महङ्गीले जनता सताइरहेको स्थितिमा जनतालाई गाउँगाउँबाट आफ्नो स्तरअनुसार राष्ट्रिय स्वाधीनताका पक्षमा गोलबन्द गर्न, देशभक्तिको संघर्ष संचालन गर्न, भ्रष्टाचारका विरुद्ध संघर्ष गर्न र सम्भव रहेसम्मको स्तरमा जनताको पक्षमा योज निर्माण गर्न साथै जनताको सेवा गर्न यो चुनाबी मोर्चामा च्चा देशभक्त एवं जनवादी धिहरू सहयोग एवं समर्थन गर्ने नीति प्रयोग गरेको छ । हामीले समर्थन गरेका प्रतिनिधिले दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्थाका विरुद्ध स्थानीय तहबाट जुन स्तरमा संघर्ष गर्न संभव छ त्यो स्तरमा गर्नेछन् ।

यो सत्ताका खराबी एवं घेराबन्दी बारे जनतालाई सूचित गर्नेछन् । आफ्नो स्तरमा ना भ्रष्टाचार, तस्करी, महिला, बालवालिका, सुकुम्बासी तथा श्रमिक समुदायमाथि हुने भेदभाव, उत्पाहन, दमनका विरुद्ध लड्ने छन् । महान एकीकृत जनक्रान्ति, जनयुद्ध, हरेक मुक्ति संघर्षहरूमा बलिदान गर्ने आदरणीय सहिद तथा बेपत्ताहरुको सम्मान गर्दै उहाँहरुका परिवार, घाइते योद्धाको सेवा गर्नेछन् जनताको नाममा जम्मा हुने सम्पूर्ण आर्थिक कोष र योजनाहरुलाई श्रमिक जनता विशेषतः गरीब जनताको हितमा पारदर्शीरुपले प्रयोग गर्ने छन् आफ्नो ठाउँमा शिक्षा, स्वास्थ्य, सिचाई, कृषि उत्पादन, उद्योग, व्यापार, बर्यावरण, वन, यातायता, सूचना – सचार, रोजगारीका क्षेत्रमा जति संभव हुन्छ इमान्दारीपूर्वक जनताको हितमा योजनाबद्धरुपले काम गर्ने छन् श्रमिक जनता, जनता र जनताको हितमा उभिनु नै स्वतन्त्र उम्मेदवारहरुको आदर्श हुने छ ।

हामीले समर्थन गरेका कुनै पनि स्वतन्त्र प्रतिनिधिले राष्ट्र र जनताका विरुद्ध हुने कार्य गरेको देखिएमा, पुराना संसदवादी दलहरुका व्यक्तिहरुले गरेको जस्तो भ्रष्टाचार एवं अनियमितता थोरे मात्र देखिएमा आफ्नो पदलाई निजी स्वार्थका लागि प्रयोग गरेको देखिएमा साथै श्रमिक जनताको कान्तिकारी आन्दोलनलाई हानी पुग्ने कार्य गरेमा पार्टीले आफ्नो समर्थन फिर्ता लिने छ र जनताको सहयोगमा प्रत्याहवान समेत गर्ने छ । तर हामीलाई विश्वास छ वर्ग संघर्ष, राजनैतिक संघर्ष एवं क्रान्तिकारी आन्दोलनका बीचबाट सहभागी बन्नु भएका हाम्रा समर्थक उम्मेदवारहरुले यस्तो कार्य गर्नु हुने छैन ।

जति समय त्यहाँ रहनु हुनेछ देश र जनताप्रति पूर्ण निष्ठा, इमान्दारीता एवं उच्च नैतिकताका साथ सामाजिक एवं राजनैतिक रुपान्तरणका पक्षमा काम गर्नु हुने छ । अन्तमा हाम्रो पार्टी सम्पूर्ण देशभक्त, प्रगतिशील, जनवादी कम्युनिष्ट शक्तिहरुलाई सारा युवा विद्यार्थी महिला, मजदुर, किसान, बुद्धिजीवी, श्रमिक समुदाय, जनजाति, मधेशी, मुश्लिम, कलाकार, पत्रकारलाई विनम्र अनुरोध गर्दछोकि यो चुनावमा एमसीसी पक्षधार एवं राष्ट्रघाती तत्वहरुलाई विरोध एवं तिरस्कार गरो, जनमतद्वारा परास्त गरो र आफ्नो मतलाई देश र जनताको पक्षमा उभिने संघर्ष गर्ने र आवश्यक पर्दा बलिदान दिन तयार हुने इमान्दार देशभक्त जनवादी स्वतन्त्र प्रतिनिधिहरुका पक्षमा सदुपयोग गरी श्रमिक वर्गीय देशभक्तिको भावनालाई व्यवहारमा अभिव्यक्त गरो। जनताको विजय अवश्य हुने छ ।

मिति २०७९ वैशाख १८

बिप्लव

महासचिव केन्द्रीय समिति नेपाल कम्युनिष्ट पार्टी