देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तरुण दलको अभियान ‘वान वुथ हन्ड्रेड युथ’

देशान्तर

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दल आसन्न स्थानीय तहको निर्वाचनका लागि गठवन्धनका उम्मेदवार विजयी बनाउने अभियानमा सक्रिय भएको छ ।

अध्यक्ष विद्वान गुरुङले आज काठमाडौंमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै स्थानीय तहको चुनाव लक्षित कार्यक्रम अन्तर्गत ‘वान वुथ हन्ड्रेड युथ’को अवधारणा अघि बढाउने तयारीमा रहेको जानकारी दिए ।

ती युथहरुले मतदानस्थलमा सहजीकरण गर्ने पनि प्रष्ट पारे । उनले भने ‘कसैलाई भ्रम नरहोस, अहिलेको अवस्थामा युथहरु बुथमा होहल्ला गर्नका लागि खटिदैनन्, उनीहरुले निर्वाचन सफल बनाउनका लागि रचनात्मक भूमिका खेल्छन् ।

अहिलेको विषम परिस्थीतिमा स्थानीय तहको चुनाव हुन लागेको चर्चा गर्दै अध्यक्ष गुरुङले अहिले लोकतन्त्र र ओलीतन्त्र मध्य एउटा रोज्नु पर्ने बेला भएकाले आम मतदाताले सजक भएर लोकतन्त्र रोज्ने विश्वास पनि व्यक्त गरे ।

तरुण दलको अध्यक्षका हिसाबले सबैसँग सहकार्य गरेर आफू आसन्न सबै निर्वाचनमा पार्टीलाई पहिलो बनाउने अभियानमा केन्द्रीत रहेको पनि प्रष्ट पारे ।