देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आयोगका अनुसार मनोनयनको संख्या १ लाख ४१ हजार पुग्यो

देशान्तर

काठमाडौं –स्थानीय तहको विभिन्न पदमा उम्मेदवारी दिनेहरुकोसंख्या एक लाख ४१ हजार पुगेको छ । निर्वाचन आयोगले बिहान १०:३० बजे अध्यावधिक विवरण दिदै मनोनयन दर्ता गर्नेहरुको संख्या एक लाख ४१ हजार ४६८ पुगेको जानकारी दिएको हो ।

 

महानगर, उपमहानगर र नगरपालिकाको नगरप्रमुखमा तीन हजार ३१८, नगर उपप्रमुखमा दुई हजार ३६ जनाको उम्मेदवारी परेको छ । गाउँपालिकाको अध्यक्षमा तीन हजार ३०६ जनाको र उपाध्यक्षमा २३४३ जनाको उम्मेदवारी परेको छ ।

वडाअध्यक्षमा ३३ हजार १११, महिला सदस्यमा २४ हजार २८३, दलित महिला सदस्यमा २१ हजार ९७९ र सदस्यमा ५१ हजार ९२ जनाको उम्मेदवारी परेको छ ।