देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रियल बेटिसलाई कोपा डेल रेको उपाधि


भ्यालेन्सियालाई पेनाल्टी सुट आउटमा पराजित गर्दै रियल बेटिसले ‘स्पेनिस कोपा डेल रे’को उपाधि जितेको छ ।

शनिबार राति निर्धारित ९० मिनेट र अतिरिक्त समय समेत १-१ गोलको बराबरी भएपछि खेलको छिनोफानो पेनाल्टी सुट आउटमा भएको हो ।

पेनाल्टीमा रियल बेटिस भाग्यशाली रह्यो । सन् २००५ यता रियल बेटिसले पहिलो उपाधि जितेको हो । रियल बेटिसको क्लब इतिहासमा यो चौथो पटक ठूलो उपाधि जितेको हो ।

हालसम्म उसले एक ला लिगा उपाधि र दुई स्पेनिस कपको उपाधि जितेको छ । म्यानेजर म्यानुएल पेलेग्रीनीले सन् २०१५-१६ मा इंग्लिस क्लब म्यानचेस्टर सिटी छाडेयता पहिलो ट्रफी उचालेका हुन् ।

सन् २०१० यता बार्सिलोना र रियल मड्रिडविहीन कोपा डेल रे फाइनल दोस्रो पटक खेलिएको थियो  ।