काठमाडौँ – रुसको युक्रेनमा आक्रमण भएको एक महिनामा १३५ बालबालिकाको मृत्यु भएको छ । युक्रेनको अभियोजक जनरलको कार्यालयले युक्रेनमा रुसी आक्रमण सुरु भएदेखि अहिलेसम्म १३५ बालबालिकाको मृत्यु भएको र १८४ जना घाइते भएको बताएको छ ।
हालैको हताहतको बारेमा अपडेट दिँदै अधिकारीहरूले लुहान्स्क क्षेत्रको रुबिझ्ने सहरमा भीषण लडाइँमा पछिल्लो पटक दुई बालबालिकाको मृत्यु भएको बताएका छन् ।
त्यस्तै बिहीबार, रूसी गोलाबारी पछि, डोनेट्स्क क्षेत्र, नोभोमीखाइलिभकामा ६ र १३ वर्षका दुई बालबालिका घाइते भएको बताइएको छ ।
अभियोजकहरूले १३, १४ र १५ वर्ष किशोरहरु जापोरिझिया क्षेत्रको ओबिल्नेमा घाइते भएको बताएका छन् । उनीहरुलाई मेलिटोपोल अस्पताल लगिएको थियो जहाँ एकको अवस्था गम्भीर रहेको सघन उपचार कक्षमा रहेको उनीहरुले बताएका छन् ।
प्रतिक्रिया