देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दिल्लीमा आगलागीमा परी ७ जनाको मृत्यु

देशान्तर

काठमाडौँ – भारतको नयाँदिल्लीमा शनिबार बिहान भएको आगलागीमा परेर कम्तीमा सातजनाको ज्यान गएको बताइएको छ। प्राप्त समाचारअनुसार नयाँदिल्ली सहरबाट उत्तरतर्फ रहेको गोकलपुर भन्ने स्थानमा रहेका घरटहरामा शनिबार बिहान अकस्मात् आगो लागेको थियो।

सो आगोले कम्तीमा पनि सातजनाको ज्यान लिएको र अन्य केही घाइते भएका अधिकारीहरूले जनाएका छन्। एकजना उद्धारकर्मीले दिएको जानकारीअनुसार सो क्षेत्रमा ६० वटा घरटहरा रहेका र ती सबैलाई आगोले छोएको थियो।

आगो ती सबै घरमा पुगेको र पछि दमकलले नियन्त्रणमा लिएको ती अधिकारीले जानकारी दिए। के–कति कारणले आगो लागेको हो भन्नेबारेमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ। त्यसैगरी, यहाँ भएको क्षतिको विवरण पनि संकलन भइरहेको तथा आगोबाट बचेका केही सरसामान हटाउने क्रम जारी रहेको ती अधिकारीले बताएका छन्।