देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतीय क्षेप्यास्त्र पाकिस्तानी भूमिमा खसेको दाबी

देशान्तर

काठमाडौँ – पाकिस्तानी सेनाले भारतीय क्षेप्यास्त्र आफ्नो भूमिमा खसेको दाबी गरेको छ। स्पुतनिक समाचार एजेन्सीले भारतको हरियाणा राज्यको सिरसा शहरनजिकबाट प्रक्षेपण गरिएको सो क्षेप्यास्त्र पाकिस्तानको पञ्जाब प्रान्तको मियाँचान्नु शहरनजिकै पाकिस्तानी वायुसेनाले भेट्टाएको बताएको छ।

तीव्र गतिमा उडिरहेको सो क्षेप्यास्त्र बिहीबार साँझ ६ बजेर ४३ मिनेटमा पाकिस्तानी सेनाले पत्ता लगाएको थियो।

रुसी समाचार एजेन्सीले पाकिस्तानी सेनाका प्रवक्तालाई उद्धृत गर्दै दिएको जानकारीअनुसार सो क्षेप्यास्त्रले निर्धारित मार्गबाट मोडिएर अचानक पाकिस्तानी भूभागतर्फ उडेको र पाकिस्तानको वायु क्षेत्रमा पसेको थियो। पाकिस्तानको सो दाबीप्रति भारतले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।