देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेप्से परिसूचकमा आईतबार दोहोरो अङ्कले बृद्धि

देशान्तर

काठमाडौं – साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक बढेको छ । आइतबार नेप्से परिसूचक ७३।०१ अङ्कले बढेर २ हजार ७६५।४७ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनी मापक सेन्सेटिभ परिसूचक भने २।६१ अङ्कले बढेर ५१९।३७ मा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा कूल २३९ कम्पनीको १ करोड ५० लाख ५८ हजार ६२१ कित्ता शेयर खरिद बिक्री हुँदा ७ अर्ब १० करोड १८ लाख ३१ हजार ५ सय ९१ रुपैयाँको सेयर कारोबार भएको छ।

कारोबारका आधारमा अपि पावर अग्रस्थानमा रहेको छ। यस कम्पनीको २९ करोड रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ५ सय १६ रुपैयाँ कायम भएको छ। त्यसपछि क्रमश स् प्रभु बैंक र अपर तामाकोशीको कारोबार भएको छ ।

नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहमा हरियाली छाएको छ । आइतबारको कारोबारमा सबै भन्दा बढी होटल तथा व्यापार उपसुचक ६।०८ प्रतिशतले बढेको छ ।

दोहोरो अंकले बढेको बजारमा दुई संस्थाको सेयर मूल्यमा सर्किट लागेको छ । हिमालयन उर्जा विकास कम्पनी र नेपाल हाइड्रो डेभलपरको सेयर मूल्य १०र१० प्रतिशतले बढेर क्रमशः प्रतिकित्ता ४६०।९० र ४४८।८० रुपैयाँ पुगेको छ ।