देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेप्सेको सीईओका लागि ५ जना छनोट

देशान्तर

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत(सीईओ) का लागि परेका आवेदनमध्ये पहिलो चरणमा ५ जना छनोट भएका छन्।

परेका आवेदनमध्ये मूल्यांकनका आधारमा उत्कृष्ट ५ जना छनोट गरिएको सिफारिस समितिले जनाएको छ। उक्त पदका लागि ११ जनाले आवेदन दिएका थिए।

छनोट भएका उम्मेदवारहरूमा कृष्णबहादुर कार्की, केशवप्रसाद श्रेष्ठ, प्रविन पन्दाक, रमेश घिमिरे र रमेशकुमार भण्डारी रहेका छन्। छनोटमा परेका उम्मेदवारहरुका लागि आइतबार बिहान र साँझ कार्यपत्र प्रस्तुतिकरणको मिति तय गरिएको छ।

नेप्सेमा सीईओ नियुक्तिका लागि अर्थ मन्त्रालयका सहसचिव रमेश केसीको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको छ। समितिमा मन्त्रालयकै सहसचिव रितेश शाक्य र विज्ञ सदस्यमा नेप्सेका पूर्वअध्यक्ष जीवनाथ धिताल छन्।

५ जनामध्येबाट समितिले तीन जनाको नाम सिफारिस गर्नेछ। तीमध्येबाट मन्त्रिपरिषद्ले १ जनालाई चार वर्षका लागि सीईओ बनाउने छ।