देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शेयर बजार परिसूचक नेस्पेमा ४३.२९ अंकको सुधार

देशान्तर

काठमाडौ – साताको अन्तिम कारोबार दिन शेयर बजार परिसूचक नेस्पेमा ४३.२९ अंकको सुधार आएको छ । समग्र परिसूचक १.६३ प्रतिशतले बढेको बजारमा कारोबार रकममा भने अघिल्लो दिनको भन्दा गिरवट देखिएको छ ।

बिहीबार २३८ कम्पनीको ७३ लाख ३६ हजार ३३४ कित्ता शयर दोस्रो बजारमा खरिद बिक्री हुँदा कारोबार रकम ३ अर्ब ६७ करोड ६८ लाख ४६ हजार रह्यो । बुधबार बजार दोहोरो अंकले घटेपनि कारोबार समग्र शेयर कारोबार रकम ४अर्ब भन्दा धेरै थियो ।

.आज १६४ कम्पनीको शेयर मूल्य बढ्दा नेपाल फाइन्यान्स र तेह्रथुप पावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । यस्तै २३ कम्पनीको शेयर मूल्य घटेको बजारमा तीन कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन देखिएन ।

आज कारोबारमा आएका १३ उपसमूहमध्ये दुई उपसमूहबाहेक सबैमा हरियाली छाएको थियो ।

आज अपी पावर कम्पनी र एनआईसी एशिया बैंकको शेयर दोस्रो बजारमा उच्च मात्रामा कारोबार भएको थियो । दुई कम्पनीको शेयर दोस्रो बजारमा क्रमश १६ र १४ करोड बढीले कारोबार भएको थियो ।