काठमाडौं– कारोबार हुने साताको तेस्रो दिन सेयर बजारमा व्यापक सुधार आएको छ । मंगलबार बजार परिसूचक ६३.०१ अंकले बढेर २ हजार ६ सय ७९ दशमलव ९५ अंकमा पुगेको छ ।
दिनभर ९१ लाख १० हजार ७ सय ५८ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ३२ करोड २ लाख ६९ हजार ८ सय २७ रुपैयाँमा रोकियो । यसअघि सोमबार ४ अर्ब ५३ करोड रुपैयाँ माथिको सेयर कारोबार भएको थियो ।
मंगलबार धेरै सेयर मूल्य बढ्नेमा श्रीफाइनान्स पहिलो नम्बरमा र सप्तकोशी डेभलपमेन्ट बैंक दोस्रो नम्बरमा देखिएका छन् । यी दुवै कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
यसैगरी मध्य भोटेकोशी जलविद्युत आयोजना, नेपाल एसबीआई बैंक, सिन्धु विकास बैंक लगायतका सेयर मूल्य पनि ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।
मंगलबार धेरै घट्नेहरूमा डिबेञ्चरहरू देखिएका छन् । कृषि विकास बैंकको डिबेञ्चर, नेपाल बैंकको डिबेञ्चर, आईसीएफसीको डिबेञ्चर करिब २ प्रतिशतले घटेका छन् ।
प्रतिक्रिया