देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रतिनिधि सभा अन्र्तगतको अर्थसमिति र मन्त्रालयका सचिवहरुबीच छलफल

देशान्तर

काठमाडौँ – प्रतिनिधि सभा अन्र्तगतको अर्थसमितिले सोमबार धेरै विकास खर्च गर्ने मन्त्रालयका मन्त्री तथा सचिवहरुसँग चालु आर्थिक वर्षमा पुँजीगत खर्चको विषयमा छलफल गरेको छ ।

समितिले पुँजीगत खर्चबारे भौतिक पुर्वाधार तथा यातायात,कृषि तथा पशुपन्छी, बन तथा वातावरण, सहरी बिकास, उर्जा जलस्रोत तथा सिंचाइ,सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवहरुसँग जानकारी लिएको हो । मन्त्रालयका प्रायः सबै सचिवहरुले चालु आर्थिक वर्षको चार महिनामा पुँजीगत खर्च सुधार नभएको स्वीकार गरेका छन् ।

जसमा भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रबिन्द्रमान श्रेष्ठले अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा सोचे जस्तो पुँजीगत खर्च गर्न नसेको बताए ।

सचिव श्रेष्ठले मन्त्रालयले सोचे जस्तो पुँजीगत खर्च गर्न नसेको बताउनु भएको हो । उहाँले अर्थमन्त्रालयले भौतिक मन्त्रालयलाई करिब साढे २ अर्ब रुपैयाँ बराबर बजेट भुक्तानी रोकेको जानकरी दिए । सचिव श्रुष्ठले चालु आर्थिक वर्षको सुरुवात सरकार परिर्वतन भई बजेट योजनाहरु रोक्दा सोचे अनुसार पुँजीगत खर्च नभएको बताए । उनले नयाँ सरकारले सबै योजनाहरु रोकेर प्रतिस्थापन विद्ययक ल्याउनले पनि तीन महिना योजना कार्यान्वयनमा ढिला भएको बताए । मन्त्रालयले साउन महिनामा नै ठेक्का व्यवस्थापन गर्नु पर्ने बेलामा कात्तिक र मंसिरमा मात्रै ठेक्का व्यस्थापन गरिएको उनले बताए । सचिव श्रेष्ठले काम भइरहेका र भइसकेका आयोजनाको भुक्तानी समेत अर्थ मन्त्रालयले रोकिदिएका कारण समग्र खर्च कम देखिएका बताए ।

सचिव श्रेष्ठले भने विगतका वर्षहरुको भन्दा चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म पँजीगत खर्च हुन सकेको छैन मन्त्रालयले हालसम्म ११ प्रतिशत मात्रै पुँजीगत खर्च गरेको छ । विगतका वर्षहरुमा जस्तो यो वर्ष पुँजीगत खर्च भएको छैन। पुँजीगत खर्च हुन सक्नुका विभिन्न कारणहरु रहेका छन्। सरकार परिर्वतनको कारण नयाँ सरकारले प्रतिस्थापन विद्येयक ल्याउँदा बजेट कार्यान्वयन दुई महिना पछाडी सरेकाले पनि खर्च हुन सकेन । परियोजना पछाडी सर्दा नयाँ ठेक्का व्यवस्थापन पनि गर्न सकिन ।

साउन र भदौमा ठेक्का व्यवस्थापन गर्नु पर्नेमा यो वर्ष कात्तिक र मंसिरमा मात्रै ठेक्का व्यवस्थापन गरिएको थियो । करिब अढाई अर्ब खर्च भएको भुक्तानी हुन सकेको छैन । अर्थ मन्त्रालयले भुक्तानीमा किन ढिलाई गरिरहेको छ बुझ्न सकिएको छैन । त्यस्तै, यसअघि खारेज गरिएका तीन सडक डिभिजन कार्यालयहरूबाट हुने काम नहुँदा थप समस्या आएको छ। अब ललितपुर सडक डिभिजन ,खुर्कोट र गुल्मी सडक डिभिजन कार्यालय पुर्नस्थापना गर्न लागिएको छ । यी सडक डिभिजन कार्यालय खारेज भएपछि ५÷६ वटा जिल्लामा सडकको खर्च ठप्प छ । काम नै ठप्प भएपछि ती डिभिजन कार्यालय ब्युँताउने प्रस्ताव मन्त्रिपरिषदमा पठाएका छौं । त्यस्तै, मन्त्रालयबाट काम भइरहेका र भइसकेका आयोजनाको भुक्तानी समेत अर्थ मन्त्रालयले रोकिदिएको छ । भुक्तानी रोकिएका कारण समग्र खर्च कम देखिएको हो ।’

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव गोबिन्दप्रसाद शर्माले चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म पुँजीत खर्च सुधार नभएको बताए । उनले चालु आर्थिकको सुरुवात देखि हालसम्म ७.३ प्रतिशत मात्रै पुँजीगत खर्च भएको बताउनु भयो । सचिव शर्माले कृषि मन्त्रालयका ठूला कृषि परियोजनाहरुमा कर्मचारी अभाव भएको कारण बिनियोजित वार्षिक बजेट खर्च गर्न नसकिएको बताए ।

सचिव शर्माले भने चालु आर्थिक वर्षको आजको मितिसम्म ७.३ प्रतिशत मात्रै पुँजगत खर्च भएको छ । विगतमा जस्तो यो वर्ष पुँजीगत खर्चमा खासै सुधार भएको छैन । कृषि मन्त्रालयका ठूलो कृषि परियोजना प्रधानमन्त्री कृषि आधुनिक परियोजनामा काम गर्ने जनशक्तिको अभावको कारण काम गर्न सकिएको छैन । मन्त्रालयको अहिलेको सबैभन्दा ठूलो समस्या भनेको कर्मचारी अभाव हो । अहिले करिव ४५ प्रतिशत कर्मचारी कम रहेका छन्। मन्त्रालय र मातहतका निकायमा कर्मचारी पर्याप्त नहुँदा नै बजेट खर्चमा समस्या आएको हो । मन्त्रालयअन्तर्गत सबैभन्दा बढी बजेट छुट्याइएको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनामै कर्मचारी छैनन् । यता कर्मचारी पठाए उता रिक्त हुने, उता पठाए यता खाली हुने अवस्था छ । वार्षिक योजना तथा कार्यक्रमको पूर्व तयारीबिनै बजेट छुट्याइनु र त्यस्ता कार्यक्रममा श्रोत सुनिश्चितता नहुनु पनि समस्या रहेको छ । चालू आर्थिक वर्षमा कृषि मन्त्रालयले ६५–७० प्रतिशत मात्रै पुँजीगत खर्च गर्न सक्ने अनुमान गरिएको छ ।’

त्यस्तै, सहरी विकास मन्त्रालयका सचिव मणिलाल गेलालले नेपालमा आर्थिक वर्षको अन्तिममा खर्च गर्ने प्रवृति कायम रहेकाले चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म पुँजीगत खर्च हुन नसकेको बताएका छन् ।

सचिव गेलालले भने अझै बजेट खर्च असर मसान्तमा मात्रै उल्लेखित रुपमा हुने प्रवृति रहेको छ । चैत महिना देखि असारसम्म बजेट खर्च हुने गति उस्तै हुन्छ । पछिल्लो तीन वर्षको तुलना गर्दा २०७६÷७७ को मंसिरमा २७.२४ प्रतिशत गत वर्ष १६ प्रतिशत रहेको थियो । यो वर्ष १३ प्रतिशत मात्रै भएको छ । चालु आर्थिक वर्षमा विगतको दुई वर्ष भन्दा पनि पुँजीगत खर्च कम भएको छ । बजेट खर्च हुन नसक्नु सबै मन्त्रालयको एउटै कारण रहेका छन। पहिलो कारण भनेको सरकार परिर्वतन भएर नयाँ प्रतिस्थापन विद्येयकका कारण खर्च कम भएको हो ।अन्य हामी जेठ १५ मा बजेटमा बैशाखको अन्तिमसम्म कार्यक्रम बनाउँछौ । जेठ र असार दुई महिना बाँकी हुन्छ । यो दुई महिनामा सकिने अपेक्षा गरिन्छ । तर, जेठ १५ को बजेटमा त्यस्तो हुँदैन । कारण बस काम सकिदैन । यस्ता कार्यक्रमलाई क्रमागत भनिएको छ । त्यस्तै अर्थमन्त्रालयबाट भुक्तानी नहुँदा काम सकिएको परियोजनाको भुक्तानी समेत दिन नसकिएको अवस्थाले बजेट खर्च भएको छैन ।’

वन तथा वातावरण मन्त्रालयका सचिव डा. पेम नारायण कंडेलले सरकारले विकासको गति अनुसार जनशक्तिको आकलन गर्न नसक्दा पुँजीगत खर्चमा असर परेको बताए । उनले नेपालले विकासको गति मागेको तर बजेटको आकारमा खोजेको बताए । सचिव कंडेलले बजेटको आकार र विकासको गति बढाँउदा जनशक्तिको आकंलन गर्न नसकेको बताउनुभयो । उहाँले वन मन्त्रालयलको बजेट खर्च गर्ने विशेषता फरक रहेको बताएका छन् ।

सचिव डा. कंडेलले भने ‘ विगतका वर्षमा विकास बजेट ८० प्रतिशतसम्म खर्च भएको थियो । तर चालु आर्थिक वर्षको अहिलेसम्म ५.२८ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ । आर्थिक वर्षको अन्तिममा गएर बजेटको ३८ देखि ३९ प्रतिशत बजेट खर्च गर्ने प्रचलन रहेको छ ।तर वन मन्त्रालयको अन्तिममा बढी खर्च हुनेको अन्य मन्त्रालयको भन्दा फरक रहेको छ। वन मन्त्रालयले विक्षारोपन गर्नु पर्ने कार्यक्रमहरु भएकाले जेठ असार महिनामा नै काम हुने भएकोले अन्तिम समयमा खर्च हुने हुँदा अहिले कम खर्च देखिएको छ । तर, ५ प्रतिशत भन्दा बढी नै हुने थियो । तर, यो वर्ष विभिन्न कारणले गर्दा खर्च कम नै भएको छ । जसमा प्रतिस्थापन विद्येयकका कारण बजेट कार्यान्वय रोकियो । अर्थतन्त्रमा पनि राजनीतिक जोडिने भएकाले हुन्छ । जसमा त्यही कारण थियो । यसले गर्दा असार देखि भदौ महिनासम्म विकास निर्माणको काम रोकियो । दशै पछि मात्रै काम सुरु भएका छन । नेपालले विकासको गति मागेको तर बजेटको आकारमा खोजेको छ । बजेटको आकार र विकासको गति बढाँउदा जनशक्तिको आकंलन गर्न सकेको छैन।’

त्यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.वैकुण्ठ अर्यालले सञ्चार मन्त्रालय विगत देखि पुँजीगत खर्च गर्न पछाडि नरहेको बताए । उनले विगतका तीन वर्षमा यो मन्त्रालयले ७० प्रतिशत भन्दा कम बजेट खर्च नगरेको बताउनु भयो । मन्त्रालयको जम्मा बजेटको ३० प्रतिशत खर्च मंसिर मसान्तमा पु¥याउने लक्ष्य अनुसार २८ प्रतिशत भएको बताए । उनले यो वर्षको मंसिर समान्तसम्म पुँजीगत खर्चमा गति कम रहेको बताए । सचिव अर्यालले पुस महिनाको अन्तिमसम्म २५ प्रतिशत हाराहारीमा पुँजीगत खर्च गर्न बताए । उनले चालु आर्थिक वर्षमा मनत्रालयले ९० प्रतिशत पुँजीगत खर्च गर्ने बताए ।

 

डा. सचिवले अन्य मन्त्रालयको जस्तो सञ्चार मन्त्रालयको योजनामा ५ देखि ६ अर्बको बजेट नभएको बताउनुभयो । उहाँले सञ्चार मन्त्रालयको सबै योजना गरेर जम्मा २ अर्बको मात्रै योजना रहेको बताए ।