काठमाडौँ– साताको पहिलो दिन आइतबार शेयर बजारमा हरियाली आएको छ । बजार मापक परिसूचक नेप्से ६०।४१ अंकले बढेर २५८५।९१ को बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक पनि १०।७७ अंकले बढेर ४८२।०१ को बिन्दुमा पुगेको छ ।
आइतबार २४० कम्पनीका ७१,६०,९८३ कित्ता शेयर किनबेच हुँदा ४,१२,६९,८०,०६८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
यसदिन कारोबार भएका १३ मध्ये १२ उपसमूहमा हरियाली आएको छ । म्युचुअल फण्ड उपसमूहमा भने १४.८७ अंकको गिरावट आएको छ । लगानीकर्ताहरु सबैभन्दा धेरै लाइफ इन्स्योरेन्स उपसमूहमा आकर्षित भएका छन् । यो उपसमूहमा ३४४.२८ अंको वृद्धि भएको छ ।
प्रतिक्रिया