काठमाडौँ – सिमेन्ट लिमिटेडले पब्लिक कम्पनीमा परिणत भैसकेपछिको छैठौँ बार्षिक साधारण सभा मंगलबार कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्रकुमार गोयलकको अध्यक्षतामा सम्पन्न गरेको छ ।
उक्त वार्षिक साधारण सभाले आफ्नो सेयरधनीहरुलाइ चुुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँको २९प्रतिशतका दरले १ अर्ब २७ करोड ६० लाख नगद लाभांश रकम वितरण गने प्रस्ताव गरेको छ । आव २०७७-७८को बार्षिक प्रतिवेदन ,लेखा परिक्षकको प्रतिवेदनसहितको संलग्न विविरण, आव २०७७-७८ को आयव्ययको लेखापरिक्षक गर्ने सुवोध एसोसियट्स,चार्टर्ड एकाउन्टटेन्ट , काठमाडौँलाइ लेखापरिक्षक नियुक्ति गर्ने प्रस्तावसहितका सामान्य र विशेष प्रस्तावहरु पनि पारित गरेको छ ।
सर्वसाधारण सेयरधनीहरुको बैंक खातामा सेयर रजिस्टार सिद्धार्थ क्यापिटल लिमिटेडमार्फत नगद लाभांश वितरण गर्ने कार्यक्रम रहेकाले आ-आफ्नो नामको बैंक खाता नम्बर डिम्याट एकाउन्टमा अद्यावधिक गरी नगद लाभांश प्राप्त गर्न आग्रह गरिएको छ ।
प्रतिक्रिया