देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्र बैंकद्वारा जिएमई–पे को अनुमति खारेज

देशान्तर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले एक भुक्तानी सेवा प्रदायक कम्पनीको अनुमतिपत्र खारेज गरेको छ । बैंकको भुक्तानी प्रणाली विभागले मङ्गलबार एक सूचना जारी गर्दै जीएमई–पे प्राइभेट लिमिटेडको अनुमतिपत्र खारेज गरेको हो ।

“यस बैंकबाट २०७७ कोे असोज २२ गते जिएमई–पे प्राइभेट लिमिटेड, लैनचौर काठमाडौँलाई भुक्तानी सेवा प्रदायकको कार्य गर्न अनुमतिपत्र प्रदान गरिएकामा भुक्तानी तथा फछ््र्यौट विनियमावली २०७७ को विनिमय ३५ को उपविनिमय १ को (क) को व्यवस्थाबमोजिम उक्त अनुमतिपत्र खारेज गरिएको हो”, बैंकद्वारा जारी सूचनामा भनिएको छ ।

राष्ट्र बैैंकका भुक्तानी सेवा विभागका कार्यकारी निर्देशक भुवन कँडेलका अनुसार सो वालेटले भुक्तानी तथा फछ््र्यौट विनियमावलीको व्यवस्था पालना नगरेकाले अनुमति खारेज गरिएको हो । “भुक्तानी तथा फछ््र्यौट विनियमावलीअनुसार भुक्तानी सेवा प्रदायक कम्पनीको अनुमति लिएको मितिले छ महिनाभित्र सेवा सञ्चालन गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार एक वर्षसम्म पनि सेवा सञ्चालमा ल्याउन नसकेपछि अनुमतिपत्र खारेज गरिएको हो”, उनले भने