काठमाडौं – नेपाली बजारमा आज (मंगलबार) सुन भाउ उकालो लागेको छ । सोमबारको तुलनामा छापावाला सुन प्रतितोला दुई सय रुपैयाँले बढेको हो । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा आज ९२ हजार रुपैयाँ कायम भएको हो ।
त्यस्तै तेजाबी सुनको भाउ पनि सोमबारको तुलनामा दुई सयले बढेर ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य पनि वृद्धि भएको छ । सोमबार एक हजार २४५ रुपैयाँ प्रतितोलामा कारोबार भएकोमा आज एक हजार २५० मा कायम भएको हो ।
प्रतिक्रिया