देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नामिवियासँग स्कटल्याण्ड ४ विकेटले पराजित

देशान्तर

आईसीसी विश्वकप टी २० क्रिमेटमा नामिवियाले स्कटल्याण्डलाई ४ विकेटले पराजित गरेको छ ।

स्कटल्याण्डले दिएको ११० रनको लक्ष्य नामिवियाले ५ बल बाँकी छँदा ६ विकेट गुमाएर पुरा गरेको थियो ।

नामिवियाका लागि जेजे स्मिथले सर्वाधिक ३२ रन बनाउँदा केरिग विलियम्सले २३ रनको योगदान गरेका थिए ।

यसैगरी मिचेल भानले १८ रन बनाए । स्कटल्याण्डका मिचेल लेस्कले २ विकेट लिए ।

पहिला ब्याटिङ गरेको स्कटल्याण्डले पहिलो ओभरमा ३ विकेट गुमाएर दबाबमा आएको थियो ।

तर पछि सम्हालिएर प्रदर्शन गरेको स्कटल्याण्डले निर्धारित ओभरमा ८ विकेट गुमाएर १०९ रन बनायो ।

पहिलो बलमै जर्ज मुन्से खाता नै नखोली आउट भएका थिए ।

त्यसपछि कोलुम म्याकलोड र रिची बेरिङटन पनि खाता नै नखोली आउट हुँदा शुरुमै ३ विकेट गुमाएको थियो ।

त्यसपछि म्याथ्यु क्रस र केरिग वाल्सले पारि अघि बढाउन खोजेका थिए । तर १८ रनमा स्कटल्याण्डले चौथो विकेट गुमाएको थियो । वाल्स ४ रनमा आउट भएका थिए ।

त्यसपछि क्रिजमा आएका मिचेल लेस्कले पारि सम्हाले । ५७ रन हुँदा पाँचौं विकेटको रुपमा क्रस व्यक्तिगत १९ रनमा आउट भएका थिए । लेस्क र क्रिस ग्रेभ्सले ३६ रनको साझेदारी गरेपछि स्कटल्याण्डले १६.२ ओभरमा ९३ रन हुँदा छैटौं विकेट गुमाएको थियो ।

लेस्क ४४ रन बनाएर पभेलियन फर्किए । मार्क वाटले ३ रन बनाउँदा क्रिस ग्रेभ्स २५ रनमा रनआउट भए । जोस डेभे ५ रनमा नटआउट रहँदा स्कटल्याण्डले निर्धारित ओभरमा ८ विकेट गुमाएर १०९ रन बनायो । नामिवियाका लागि रुबेन ट्रम्पेलनमनले ३ विकेट लिँदा जेन फ्रान्किनले २ विकेट लिए ।