देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अलमुताइरीको सम्झौता नविकरण

देशान्तर

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपालसँगको सम्झौता नविकरण गरेका छन् ।

प्रशिक्षक अलमुताइरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) सँग थप दुई वर्षको सम्झौता नवीकरण गरेका छन् । प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालबाट आफूले सम्झौता नवीकरण गरेको बताए ।

नेपालको फुटबलको भविष्य राम्रो हुने तर आफूहरूलाई त्यसका लागि समय चाहिने उनको भनाइ छ । उनले हामीलाई सहयोग गर्नुहोस र हामीमा विश्वास गर्नुहोस भन्दै सबैसँग अपिलपनि गरे । कुवेती प्रशिक्षक अलमुताइरीले नेपाललाई पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पु¥याएका थिए ।