काठमाडौं – दशैं बिदा पछिको खुला भएको पहिलो दिनको कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।दशैं अघिको अन्तिम कारोबार दिन २६३९.३८ विन्दुमा बन्द भएको नेप्से, यस दिन १७.५९ अंक बढेर २६५६.९६ विन्दुमा बन्द भएको छ।
यस दिन सेन्सेटिभ इण्डेक्स ३.१७ अंक, फ्लोट इण्डेक्स ०.९३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८१ अंक बढेको छ।नेप्से बढेपनि यस दिन कारोबार रकम भने डेढ अर्बमा सीमित भएको छ।
आज २१८ कम्पनीको २१ हजार ३२८ पटकको कारोबारमा १ अर्ब ४९ करोड ७३ लाख ७५ हजार रुपैयाँ बराबरको ४७ लाख ६० हजार २९५ कित्ता शेयर खरिदबिक्री भएको छ। लगानीकर्ताहरु अझै पनि ‘फेस्टिभ मुड’ मा भएका कारण कारोबार रकम घटेको हो।
आज कारोबार भएको चन्द्रागिरी हिल्सको शेयरमूल्य सर्वाधिक ६.९७ प्रतिशत बढेको छ। त्यसैगरी, हिमालयन उर्जाको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ भने घलेम्दी हाइड्रोपावर र कामना सेवा विकास बैंकको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ। आज सिटिजन्स म्युचुअल फण्ड २ को इकाईमूल्य सर्वाधिक ५.६६ प्रतिशतले घटेको छ।
आज कारोबार रकमका आधारमा नबिल बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको ८ करोड ३२ लाख ६७ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
प्रतिक्रिया