देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इपिएल: चितवनद्धारा काठमाडौँ किंग्स ३ विकेटले पराजित

देशान्तर

काठमाडौँ – एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत चितवन टाइगर्सले काठमाडौँ किंग्स इलेभेनलाई ३ विकेटले पराजित गरेको छ । काठमाडौँले दिएको १४२ रनको लक्ष्य पछाएको चितवनले १८.४ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।

चितवनलाई जिताउने क्रममा राजेश पुलामीले अविजित २६ र् कमलसिंह ऐरीले अविजित २३ रन बनाएका थिए । पुलामी र ऐरीले अठौ विकेटका लागि ४७ रनको साझेदारी गरेका थिए । त्यस्तै दिलिपनाथले २३, करिम जनतले २१ र् मोहमद शाहजादले १७ रन बनाएका थिए ।

त्यस्तै काठमाडौँका बलर जितेन्द्र मुखिया र रायन बर्लले २-२ विकेट लिएका थिए । त्यसैगरी जनक प्रकाश, गुलशन झा र सन्दीप लामिछानेले एक एक विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको काठमाडौँले २० ओभरमा ८ विकेट गुमाउदै १४१ रन बनाएको थियो ।

काठमाडौँका लागि सुबाश खकुरेलले सर्बाधिक ३५ रन बनाएका थिए भने राजु रिजालले २८ र् जनक प्रकाशले २६ रन बनाए । काठमाडौँका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए । त्यस्तै चितवनका बलर सागर ढकालले सर्बाधिक ४ विकेट लिएका थिए । सागरले ४ ओभरमा २१ रन दिदै ४ विकेट लिएका थिए ।

त्यस्तै करिम जनतले २ विकेट लिए भने कमल सिंह ऐरी र् सीकुगे प्रसन्नाले एक एक विकेट लिएका थिए । यो जितपछि चितवनले २ खेलमा लगातार जित हासिल गर्दै ४ अंकसहित शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै काठमाडौँको भने यो पहिलो हार हो । पहिलो खेल जितेको काठमाडौँले दोस्रो खेलमा हार बेहोर्दै २ खेलमा २ अंक हासिल गरेको छ ।