काठमाडौं – एभरेष्ट प्रिमियर लिग ९ईपीएल० अन्तर्गत पोखरा राइनोजविरुद्ध टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुर प्याट्रिओट्सले सात ओभरमा ६ विकेट गुमाएर ५२ रनको योगफल तयार गरेको छ । मैदान चिसो भएकाले समयसमा सुरू नहुँदा यो खेल सात ओभरमा घटाइएको थियो ।
पोखराका कप्तान कुशल भुर्तेल ३ रन बनाएर पेभिलियन फर्किँदा विकेटकिपर ब्याट्सम्यान १९ रनमा आउट भए । यस्तै, पवन सरार्फ ५ तथा अज्मतुल्लाह ओमारजाई १ रनमा आउट हुँदा ओशादा फर्नान्डो १० र राशिद खान शून्यमा अविजित रहे । यसअघि नारायण जोशी ११ तथा सन्दीप जोरा शून्यमा पेभेलियन फर्केका थिए ।
पोखराका लागि विक्रम शोव र नन्दन यादवले २र२ तथा केसरिक विलियम्सले १ विकेट लिए ।
शनिबारदेखि त्रिवि क्रिकेट मैदानमा सुरू भएको ईपीएलको चौथो संस्करणको दोस्रो दिनदेखि नै खेल प्रभावित भएका थिए । आइतबारको दोस्रो खेल नै वर्षाले प्रभावित भएपछि त्यसयता खेलहरू टस नै नभइ स्थगित हुँदै आएका छन् ।
पहिलो खेलमा काठमाडौंसँग सात विकेट पराजित भएको ललितपुरको यो दोस्रो खेल हो । पोखराको भने सोमबार बिहान तय भएको काठमाडौं किङ्ग्स–११ सँगको खेल सुरू नै नभइ वर्षाका कारण स्थगित भएको थियो ।
प्रतिक्रिया