देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ईपीएलमा आज २ खेल

देशान्तर

एभरेष्ट प्रिमियर लिग क्रिकेट ईपीएलमा आज २ वटा खेल हुँदै छन् । पहिलो खेल विहान साढे ९ बजे र दोस्रो खेल दिउँसो साढे १ बजे टियु मैदानमा हुने छ । पहिलो खेलमा विराटनगर वारियर्स र चितवन टाइगर्स आमने सामने हुने छन् ।

चितवन सोमपाल कामीको कप्तानीमा खेल्दै छ भने विराटनगरको कप्तानी करण केसीले गर्ने छन् । हालै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका पारस खड्काले घरेलु प्रतियोगिता पनि नखेलेपछि विराटनगरको कप्तानी करणले गर्न लागेका हुन् । सोमपाल पनि चितवन गएपछि पहिलो पटक कप्तानी गर्दै छन् ।

पछिल्लो सिजन काठमाडौंबाट खेलेका सोमपाल यसै सिजन चितवन गएका थिए । विराटनगरमा क्यानडाका रियान पठान, वेस्टइन्डिजका चन्द्रपौल हेमराज, पाकिस्तानका सिकन्दर राजा र श्रीलंकाका दिल्सन मुनवेरा विदेशी खेलाडी छन् ।

यस्तै, चितवनमा अफगानिस्तानका मोहम्द सहजाद र करिम जनत, श्रीलंकाका सिकुजी प्रसन्न र मलेसियाका विरेनदीप सिंह विदेशी खेलाडीको रुपमा रहेका छन् ।

यसैगरी आजै दिउँसो हुने दोस्रो खेलमा भैरहवा ग्लाडियटर्स र पोखरा राइनोज आमने सामने हुने छन् । भैरहवा शरद भेषावकरको कप्तानीमा रहेको छ भने पोखराको विनोद भण्डारीले कप्तानी गर्ने छन् । पोखरामा दक्षिण अफ्रिकी खेलाडी रिचार्ड लेभी, श्रीलंकन सहान अर्चिज र अस्लेसा गुणरत्ने र वेस्टइन्डिजका केसरिक विलियम्स विदेशी खेलाडीको रुपमा रहेका छन् ।

भैरहवामा बंगलादेशी खेलाडी तमिम इकबाल खान, श्रीलंकाका उपुल थरंगा र धामिका प्रसाद मलेसियाका सार्विन मुनिन्डे विदेशी खेलाडीको रुपमा रहेका छन् ।
शनिबारदेखि शुरु भएको ईपीएलमा काठमाडौं किंग्स इलाभेनले ललितपुर प्याट्रियोट्सलाई ७ विकेटले पराजित गरेको थियो ।

ईपीएलको विजेताले ५० लाख पुरस्कार पाउँदा उप विजेताले १५ लाख पाउने छ ।