देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारमा भएका दल फ्रिजबाहिरको आइस हुन्, चुनावपछि आफैँ बिलाउछन् : ओली

देशान्तर

काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावपछि सत्ता गठबन्धन आबद्ध दलहरुको अस्तित्व नै संकटमा पर्ने बताएका छन् ।

नेपाल निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलालाई शनिबार काठमाडौंमा सम्बोधनका क्रममा ओलीले अबको १४ महिनापछि चुनाव हुने भन्दै कांग्रेस, माओवादी, नेकपा (एस) लगायत दलहरु हराउने र बिलाउने बताएका हुन् ।

अन्य दललाई फ्रिजका आइससँग तुलना गर्दै ओलीले भने, धेरै चिन्ता नगर्नुस् । १४ महिनामा चुनाव हुन्छ । १५ महिनामा सरकार बन्छ । यी कता हराउँछन्, कता बिलाउँछन् । यी फ्रिजबाट निकालिएका आइसका डल्ला हुन् । आफैं परेका आइस होइन यो । ती डल्ला बाहिर राखिदिएपछि केही छिनपछि पग्लिहाल्छन् ।

आफू प्रधानमन्त्री हुँदा घोषणा गरिएको चुनावको विरोध गरेका वर्तमान सत्ता गठबन्धनले टार्न खोजिए पनि चुनाव नगरी धर नभएको उनले बताए । १४ महिनापछि त चुनाव गर्नु पर्छ । चुनाव गराउँदा अनिवार्य रुपमा देश प्रतिगमनमा जाने भयो त रु जनादेश आउँदा चुनाव प्रतिगमन हुने भयो रु संविधान मिचिने भयो त रु कस्तो शासन खोजेका छन् यी तानाशाहहरुले रु चुनाव टाल्ने काम । कुनै पनि हिसाबले चुनाव नगराएर धर छैन । चुनाव गर्न तिनीहरु बाध्य छन्, ओलीको भनाइ थियो ।

ओलीले अहिलेको सरकार अस्वाभाविक ढंगले निर्माण भएको भन्दै गैरजिम्मेवार, जनताप्रति उत्तरदायी नरहेको आरोप पनि लगाए ।

कर्मचारीहरुलाई आफ्ना सही र उद्देश्यमा अगाडि बढ्न ओलीले निर्देशन समेत दिएका थिए ।