काठमाडौ – नेप्से सामान्य अंकले करेक्सन भएको छ । आज बुधबार नेप्से शुन्य दसमलव ९४ अंकले बढेर तीन हजार एक सय ६२ दसमलव ५९ बिन्दुमा चढेकोमा सेन्सिटिभ भने दुई दसमलव ३८ अंकले घटेर पाँच सय ८५ दसमलव ७१ बिन्दुमा झरेको छ ।
दुई सय ३० वटा कम्पनीहरुको एक लाख ३९ हजार दुई सय १८ पटकको कारोवारमा दुई करोड ७२ लाख ९८ हजार छ सय २४ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेष्र खरिद बिक्री हुंदा कुल सेयर कारोवार रकम १५ अर्ब ४५ करोड ५९ लाख ४१ हजार चार सय ५४ रुपैयाँ पुगेको छ ।
आज १३ वटा समुहको कारोवार हुुंदा आठ वटा समुहले गुमाएकाछन भने पाँच वटा समुहले कमाएकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १४ दसमलव १७ अंकले घटेर दुई हजार एक सय १५ दसमलव ९५ बिन्दुमा झरेकोमा बिकास बैंक, फाईनान्स, ट्रेडिङ, उत्पादनमुलक, अन्य, सामुहिक लगानी कोष र लगानी समुहरुको सुचक पनि घटेकाछन । होटल तथा पर्यटन समुहको सुचक भने आज एक सय दुई दसमलव ९१ अंकले बढेर तीन हजार आठ सय एक दसमलव १२ बिन्दुमा चढेकोमा जलबबिद्युत, निर्जिवन बीमा, जीवन बीमा र लघुबित्त समुहको सुचक भने बढेकाछछन ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको रुरु जलबिद्युत कम्पनीको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर १२ सय १० रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको जानकी फाईनान्सको प्रतिकित्ता सेयर मुल्य तीन दमसलव ७४ प्रतिसतले घटेर छ सय ७० रुपैयाँमा कारोवार भएको छ ।
यसैगरी आज रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको अपर तामाकोशी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता नौ सय दुई रुपैयाँ ५० पैसामा ६८ करोड सात लाख ३६ हजार पाँच सय ६९ रुपैयाँ १० पैसामा कारोवार भएको छ ।
प्रतिक्रिया