काठमाडौं – नेप्से ५१ अंकले बढेको छ । साताको तेस्रो कारोवार दिन आज मंगलबार नेप्से ५१ दसमलव ८६ अंकले बढेर तीन हजार एक सय ६१ दसमलव ४४ बिन्दुमा चढेकोमा सेन्सिटिभ पनि १२ अंकले बढेर पाँच सय ८७ दमसलव ९५ बिन्दुमा चढेको छ ।
दुई सय २५ वटा कम्पनीहरुको एक लाख ६३ हजार नौं सय ६९ पटकको कारोवारमा तीन करोड ३५ लाख ३५ हजार दुई सय १३ कित्ता सेयर खरिद बिक्री भएकाछन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कुुल कारोवार रकम १७ अर्ब ८४ करोड ६१ लाख ४७ हजार दुई सय ७९ रुपैयाँ पुगेको छ ।
आज १३ वटा समुहको कारोवार भएकाछन् । सो मध्ये तीन वटा समुहको सुचक घटेर बाँकी १० वटा समुहको सुचक बढेकाछन् । आज बाँणिज्य बैंक समुहको सुचक ३९ दसमलव चार अंकले बढेर दुई हजार एक सय २९ दसमलव ७६ बिन्दुमा चढेकोमा बिकास बैंक समुहको सुचक पनि चार सय छ दसमलव ४४ अंकले बढेर पाँच हजार चार सय ४५ दसमलव ४३ बिन्दुमा चढेको छ ।
यि बाहेक आज फाईनान्स, निर्जिवन बीमा, लघुबित्त, जीवन बीमा, उत्पादनमुलक, अन्य, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि बढेकाछन् । ट्रेडिङ, होटल तथा पर्यटन र जलबिद्युत समुहहरुको सुचक भने आज घटेकाछन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको सेन्ट्रल फाईनान्सको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर छ सय ४३ रुपैयाँ ५० पैसामा प्रतिकित्ता सेयर कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको साञ्जेन जलबिद्युत कम्पनीको प्रतिकित्ता सेयर मुल्य पाँच दसमलव १६ प्रतिसतले घटेर चार सय ८० रुपैयाँमा कारोवार भएको छ ।
यसैगरी आज बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको अपरतामाकोशी हाईड्रो पावर कम्पनीको प्र्रतिकित्ता आठ सय ७५ रुपैयाँ अन्तिम मुल्यमा ८९ करोड ३३ लाख चार हजार छ सय एक रुपैयाँको सेयर कारोवार भएको छ ।
प्रतिक्रिया