काठमाडौँ – एनएलजी इन्स्योरेन्स कम्पनीले प्रस्तावित १०.५३ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीले १५ औं वार्षिक साधारणसभा सम्पन्न गरी १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ९ करोड ६३ लाख ७६ हजार रहेको छ । सोही पुँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो । साधारण सभा प्रयोजनका लागि कम्पनीले साउन १४ गते एक दिन बुक क्लोज गरेको थियो ।
बुक क्लोजको आधारमा साउन १३ गतेसम्म कायम सेयरधनीहरुले मात्र कम्पनीको लाभांश प्राप्त गर्नेछन् । यस वर्ष कम्पनीले गत वर्षभन्दा बढी लाभांश प्रस्ताव गरेको हो । गत वर्ष कम्पनीले ७ प्रतिशत बोनस सेयर र ०.३७ प्रतिशत नगद लाभांश गरी कुल ७.३७ प्रतिशत लाभांश वितरण गरेको थियो ।
३
प्रतिक्रिया