काठमाडौं – अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डको नाममा सोधेको स्पष्टीकरणप्रति बोर्ड कर्मचारी युनियनले आपत्ति जनाएको छ ।
बोर्ड कर्मचारी युनियनले अर्थ मन्त्रालयले सम्बन्धित व्यक्ति वा पदाधिकारीको व्यक्तिगत विषयमा पूरै संस्थालाई मुछेर स्पष्टीकरण सोधिएको भन्दै ध्यानाकर्षण भएको जनाएको हो ।
बोर्ड अध्यक्ष भीष्मराज ढुंगानाको छोरीको नाममा ‘बुक बिल्डिङ’ विधिमार्फत आईपीओ जारी गर्ने तयारी गरेको सर्वोत्तम सिमेन्टमा लगानी रहेको तथ्य बाहिरिएपछि अर्थ मन्त्रालयले बोर्डको नाममा स्पष्टीकरण सोधेको थियो ।
कुनै एक पदाधिकारीले पदीय मर्यादाविपरीतको कार्य गर्दा सिंगो संस्थालाई नै मुछ्नु गलत भएको धितोपत्र बोर्ड कर्मचारी युनियनका अध्यक्ष राजुबहादुर जिसी र वरिष्ठ उपाध्यक्ष गौरव विष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया