देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

देशान्तर

काठमाडौं – साताको अन्तिम दिन सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । बुधबार बढेर ऐतिहासिक रेकर्ड कायम गरेको नेप्से परिसूचक बिहीबार १५.११ अंकले घटेर ३ हजार ७९.८३ अंकमा झरेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३.४७ अंकले ओरालो लागेको छ । नेप्सेमा कारोबार हुने समूहगत सबइन्डेक्सहरु होटल तथा पर्यटन र विकास बैंक भने बढेका छन् । बाँकी सबै सबइन्डेक्सहरु घटेर राताम्मे देखिएका छन् ।

नेप्से परिसूचकसँगै कारोबार रकममा समेत कमी आएको छ । बुधबार १३ अर्ब रुपैयाँ भन्दा माथिको सेयर कारोबार भएकोमा बिहीबार ११ अर्ब पनि पुग्न सकेन । दिनभर भएका १ लाख ६ हजार ६ सय ८२ कारोबारबाट २१७ कम्पनीका २ करोड ६० लाख ४० हजार २३ कित्ता सेयर किनबेच भएको छ भने कारोबार रकम १० अर्ब ९० करोड ५८ लाख ३० हजार ६४ रुपैयाँमा रोकिएको छ ।