देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अर्थमन्त्रीको घोषणा – आवश्यक अध्ययनपछि श्वेतपत्र जारी गर्छौं

देशान्तर

काठमाडौं – नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले श्वेतपत्र ल्याउने घोषणा गरेका छन् । अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले श्वेतपत्र ल्याउने बताएका छन् ।

अर्थमन्त्रीले भने, ‘अहिले देशका आर्थिक अवस्था कस्तो छ भनेर अध्ययन भइरहेको छ । अध्ययनपछि अर्थतन्त्रको अवस्था र आगामी योजना समेटिएको श्वेतपत्रपत्र आउनेछ ।’

यसअघि तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले पनि श्वेतपत्रपत्र जारी गरेका थिए । १५ पृष्ठ लामो श्वेतपत्रले देशको आर्थिक अवस्था कमजोर देखाएको थियो ।