काठमाडौँ – चालु आर्थिक वर्षको बजेटले व्यवस्था गरेको शेयर खरिदमा पूँजीगत लाभकरको नयाँ व्यवस्था आजदेखि लागू भएको छ । बजेटले अल्पकालिन र दीर्घकालिन लगानीकर्तालाई छुट्याउदै अल्पकालीन लगानीकर्तालाई बढी र दीर्घकालीन लगानीकर्तालाई कम कर लाग्ने व्यवस्था गरेको थियो ।
सोहि अनुसार अबदेखि लगानीकर्ताले तिर्ने करको दर परिवर्तन भएको छ । अब खरिद गरेको एक वर्षभन्दा कम अवधिमा शेयर बिक्री गर्ने लगानीकर्ताले पूँजीगत लाभको साढे सात प्रतिशत कर तिर्नु पर्नेछ ।
यसैगरी, एक वर्षभन्दा धेरै अवधिको लागि शेयर होल्ड गरी बिक्री गर्ने लगानीकर्ताले यसअघिकै अर्थात ५ प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्नेछ ।
प्रतिक्रिया