देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सेयर बजारमा हरियाली ,नेप्से ७४.७१ अंकले वृद्धि

देशान्तर

काठमाडौँ – लामो समयको मौनता तोड्दै आइतबार नेप्से परिसूचकमा एकैदिन अधिकतम ७३.३३ अंकको बृद्धि आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक अधिकतम ७३.३३ अंकले बढेर २ हजार ८९८.४३ बिन्दुमा पुगेको हो ।

गत साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक अधिकतम २३.७६ अंकले बढेर २ हजार ८२४.८९ विन्दुमा उक्लिएको थियो । त्यसो त आज ठूला ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत अधिकतम १३.५१ अंकले बढेर ५४३.१६ बिन्दुमा उक्लिएको नेप्सेले जनाएको छ ।

यसदिन सबै समूहहरु धनात्मक पोजेटिभ हुँदा सेयर बजारमा हरियाली छाएको छ । यद्यपि, गत हप्ताको तुलनामा आइतबार अधिकतम ७३.३३ अंकले नेप्से बढे पनि कारोबार रकम भने जम्मा ८ अर्ब रुपैयाँ हारहारीमा मात्र भएको छ ।

नेप्सेका अनुसार आज कुल २२५ कम्पनीका ३ करोड १५ लाख माथिको सेयर ८२ हजार ४९ पटक किनबेच हुँदा जम्मा ८ अर्ब ६ करोड १३ लाख ८२ हजार ४९६ रुपैयाँको मात्र कारोबार भएको छ ।

यसदिन तीन फाइनान्स कम्पनी श्री इन्भेष्टमेन्ट फाइनान्स, गोर्खाज फाइनान्स र आइसीएफसी फाइनान्सका सेयर धनीहरुले अधिकतम १० प्रतिशतले कमाइरहँदा यता राष्ट्रिय बीमा कम्पनी लिमिटेडका सेयर धनीहरुले अधिकतम ४.३७ प्रतिशतले गुमाउन पुगेका छन् ।