देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेष्डो समृद्ध लघुवित्तको आईपीओ आउँदै

देशान्तर

काठमाडौं– नेष्डो समद्ध लघुवित्त वित्तीय संस्थाले साधारण सेयर ९आईपीओ० निष्काशनका लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

संस्थाले ८ लाख २८ हजार ७ सय ५० कित्ता अर्थात ८ करोड २८ लाख ७५ हजार रुपैयाँको आईपीओ जारी गर्न लागेको हो ।

आईपीओ निष्काशनका लागि संस्थाले ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रवन्धक नियुक्त गरेको छ । संस्थाका कार्यकारी अध्यक्ष विश्व प्रकाश प्रसाईं ठकुरीका अनुसार आईपीओ निष्काशनका लागि गत ६ गते नै बोर्डमा निवेदन दिएको थियो ।

अब बोर्डले अनुमति दिएपछि संस्थाले सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछ ।