देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एक लिटर पेट्रोलको मूल्य १२७ रुपैयाँ

देशान्तर


नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बुधबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।


निगमले पेट्रोल, डिजेल, मट्टितेल तथा हवाई इन्धनको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँका दरले बढाइएको हो । २ रुपैयाँ बढाएसँगै पेट्रोलको मूल्य प्रतिलिटर १२७ रुपैयाँ पुगेको छ ।


यस्तै, डिजेल र मट्टितेलको मूल्य ११० रुपैयाँ कायम भएको छ । हवाई इन्धनतर्फ अन्तर्राष्ट्रिय उडानको मूल्य प्रति प्रतिलिटर २० अमेरिकी डलर र आन्तरिक उडानको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाइएको छ ।


आयल निगमले करिब १८ दिनकै अवधिमा पुनः इन्धनको मूल्य बढाएको हो । यसअघि गत जेठ २३ गतेदेखि लागू हुने गरी पनि निगमले इन्धनको मूल्य २ रुपैयाँ प्रतिलिटरका दरले बढाएको थियो ।
फेरि मूल्य बढाउँदा पनि निगमले घाटा नै रहेको जिकीर गरेको छ ।

हाल पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ७५ पैसा, डिजेलमा प्रतिलिटर ३ रुपैयाँ ५३ पैसा घाटा रहेको निगमको दाबी छ ।