काठमाडौं उपत्यकाको निषेधाज्ञामा थप कडाइ गरिएको छ ।
कोरोना सङ्क्रमणको जोखिम नियन्त्रणका लागि थप कडाइसहित गए रातिदेखी निषेधाज्ञा थप भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयहरुले निषेधाज्ञा जारी गर्दै अत्यावश्यक बाहेकका सबै कार्यालय आउँदो जेठ १३ गतेसम्मका बन्द गर्न निर्देशन दिएका छन् ।
सूचनामा अत्यावश्यक सेवाका कार्यालयलाई पनि सकेसम्म कम जनशक्तिबाट व्यवस्थापन गर्न भनिएको छ ।
आजदेखि खाद्यान्न तथा तरकारी पसलहरु बिहान १० बजेसम्म खोल्न पाइने छ ।
यस्तै औषधि, खाद्यवस्तु, तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि तथा अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कोही पनि घर बाहिर निस्किन पाउने छैनन् ।
विवाह, ब्रतबन्ध होटल तथा पार्टी प्यालेसमा गर्न रोक लगाइएको छ । घरमै गर्दा दश जनाभन्दा बढी उपस्थित हुन नपाइने आदेशमा उल्लेख छ ।
प्रतिक्रिया