काठमाडौं – जनता समाजवादी पार्टी जसपा का अध्यक्ष महन्थ ठाकुरले विश्वासको मतको पक्ष र विपक्ष कतैपनि नलाग्ने बताए ।
प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै ठाकुरले आफ्नो माग पूरा नभएकाले तटस्थ बस्ने निर्णय लिने बताए ।
‘प्रस्तावको पक्षमा पनि छैन र विपक्षमा पनि छैन । किनभने हामी राजनीतिक रुपमा पीडित छौं । हाम्रो सांसद जेलमा छन् । रेशम चौधरीलाई यहाँ देख्न चाहन्छौं । तर उहाँ जेलमा हुनुहुन्छ’, ठाकुरले भने
प्रतिक्रिया