काठमाडौँ – राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्रीले सदनमा मागेको विश्वासको मतको विपक्षमा मतदान गर्ने भएको छ ।
प्रतिनिधिसभाको जारी बैठकमा जनमोर्चाको तर्फबाट प्रतिनिधिसभामा एकमात्र सांसद दुर्गा पौडेलले संसद विघटनपछि असंवैधानिक र अलोकतान्त्रिक प्रक्रिया जारी रहेकोले जनमोर्चाले प्रधानमन्त्रीले मागेको विश्वासको मतको विपक्षमा मतदान गर्ने बताइन ।
‘प्रधानमन्त्री ज्यूले राजीनामा दिएर मार्ग प्रशस्त गरिदिनुपर्यो त्यो नै लोकतान्त्रिक पद्धति जोगाउने उत्तम उपाय हो ।
प्रधानमन्त्रीले राजीनामा दिनुपर्यो । हाम्रो सुझाव त्यही हो’, उनले भनिन् ।
प्रतिक्रिया