देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

व्यापारिक घरानालाई पोस्न प्रधानमन्त्रीले नेपाली जनताको जीवन दाउमा लगाउनुभयो : देउवा

देशान्तर

काठमाडौँ – प्रमुख प्रतिपक्ष कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकटका व्यापारिक घरानालाई पोस्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको जीवन दाउमा लगाएको बताएका छन् । प्रधानमन्त्री ओलीले विश्वासको मत आफूलाई रहेको प्रस्ताव प्रतिधिसभामा पेस गरेपछि बोल्दै देउवाले कोरोना भाइरस नियन्त्रणका लागि ल्याएको औषधि र खोपमा भएको भ्रष्टाचारलाई लिएर प्रश्न उठाएका हुन् ।

जनताका लागि अक्सिजन व्यवस्था गर्न नसक्ने प्रधानमन्त्रीले भाषणमा आत्मरतिमा रमाउने ?, देउवाको प्रश्न थियो । उनले गत वर्ष स्यानीटाइजर र पीपीई खरिदमा भ्रष्टाचार भएको र अहिले कोरोना भाइरसविरुद्धको खोपमा कमिसनको खेल भएको बताए ।

प्रधानमन्त्री ओली भ्रष्टाचार नियन्त्रणमा चासो नराखेको भन्दै देउवाले भने, व्यापारिक घरानालाई पोस्न नेपाली जनताको जीवन दाउमा लगाउनुभयो । जनताका लागि अक्सिनको व्यवस्था गर्न नसक्ने प्रधानमन्त्रीले सबै कुरा ठीक छ भन्नु नसुहाउने देउवाको भनाइ थियो ।

उनले प्रधानमन्त्री आत्मरतिमा रमाइरहेको पनि आरोप लगाएका छन् । कोरोनाको दोस्रो लहर आइसकेपछि निर्माण पूरा नभइसकेको धरहरा उद्घाटन गर्न प्रधानमन्त्रीले नै भीड जम्मा गरेको देउवाको भनाइ थियो ।