देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चितवनमा थप आठ कोरोना सङ्क्रमितको मृत्यु

देशान्तर

चितवन – चितवनका दुई अस्पतालमा थप आठ कोरोना भाइरसका सङ्क्रमितको ज्यान गएको छ । चितवन मेडिकल कलेजमा चार जना र भरतपुर अस्पतालमा चार जनाको ज्यान गएको छ । कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेमा धेरैजसो ५० वर्षमुनिका रहेका छन् ।

मङ्गलवार दिउँसो साढे तीन बजेदेखि बुधवार बिहान साढे नौ सम्म आठ कोरोना सङ्क्रमितको ज्यान गएको हो । २४ घण्टामा यति धेरै सङ्ख्यामा कोराना सङ्क्रमणबाट ज्यान गएको चितवनमा पहिलो हो ।

चितवन मेडिकल कलेजका सूचना अधिकारी डा। किशोर अधिकारीले ज्यान गुमाउनेहरूमा कोभिडबाहेक अन्य जटिल समस्या नरहेको बताए ।