काठमाडौं – नेकपा माओवादी केन्द्रले भोलि (सोमबार) स्थायी कमिटी बैठक बोलाएको छ । बैठक दिउँसो १ बस्ने गरी पार्टी कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
भोलिको बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ताको जानकारी गराउने श्रेष्ठले जानकारी दिए । माओवादीले समर्थन फिर्ता नलिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कटाक्ष गर्दै आएका छन् ।
श्रेष्ठका अनुसार बैठकले केन्द्रीय कमिटीको बैठकको मिति पनि तय गर्नेछ । पछिल्लो राजनीतिक परिस्थितिबारे पनि बैठकमा छलफल हुने उनले बताए ।
प्रतिक्रिया